अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९० हजारको मृत्यु

बाइलाइन नेपाल
५ जेष्ठ २०७७, सोमबार ०६:१२

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*