भारतमा ९५ हजारमा कोरोना संक्रमण हुँदा ३ हजारले ज्यान गुमाए

बाइलाइन नेपाल
५ जेष्ठ २०७७, सोमबार ०६:११

भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*