नेपालका धेरै जिल्लासँग जोडिएको बिहारमा एक हजारभन्दा बढी संक्रमित

बाइलाइन नेपाल
३ जेष्ठ २०७७, शनिबार ११:०२

नेपालका धेरै जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरसका संक्रमित संख्या १ हजार ५ पुगेको छ ।

शुक्रबार थप ६ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ हजार ५ पुगेको हो ।

चैत ९ मा पहिलो पटक संक्रमण देखिएको बिहारमा २ महिनाको हाराहारीमा १ हजार नाघेको हो । त्यहाँ अहिलेसम्म ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिहारमा संक्रमितको संख्या बढ्दै जाँदा बिहारसँग सीमा जोडिएका नेपालका चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङमा पनि संक्रमणको जोखिम बढेको छ ।

नेपालमा भारतबाटै आएकाहरुबाट संक्रमण फैलिएको भन्दै सीमावर्ती क्षेत्रमा कडिकडाउ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*