जापानका अधिकांश स्थानमा हटाइयो आपतकाल

बाइलाइन नेपाल
२ जेष्ठ २०७७, शुक्रबार ०६:४१

एजेन्सी । जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ । कोरोना संक्रमितहरुको संख्यामा आएको तिब्र गिरावटपछि जापानले उक्त कदम चालेको हो ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिएका छन् । यद्यपि, राजधानी टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ । किनभने ती क्षेत्रमा दैनिक नयाँ संक्रमितहरु देखिइरहेका छन् ।

प्रधानमन्त्री आबेले भने, यदि सम्भव भयो भने बाँकी क्षेत्रमा पनि मे ३१ भन्दा पहिले नै आपतकाल हटाइनेछ ।’ जापानमा अहिलेसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने ६ सय ७८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*