विश्वमा १५ लाख कोरोना संक्रमित मानिस निको भएर घर फर्के

बाइलाइन नेपाल
३१ बैशाख २०७७, बुधबार १७:४९

विश्वव्यापी महाामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित १५ लाखभन्दा बढी मानिस निको भएर फर्किएका छन्।

अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार १५ लाख २ हजार ६ सय २० जना कोरोनाको उपचार सफल भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

बुधबार दिउँसो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना संक्रमितको संख्या भने ४२ लाख ७८ हजार १ सय ८० छ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिएका छन्। अमेरिकामा मात्र १३ लाख ७० हजार १६ जना कोरोना संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरसकै कारण ८२ जहार ३ सयभन्दा मानिसको मृत्यु भएको छ।

विश्वमा २ लाख ९२ हजार ३ सय १६ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको छ। अमेरिकापछि बढी मृत्यु हुने देशमा बेलायत दोस्रो स्थानमा छ।

भारतमा भने ७४ हजार ९ सय ९५ जना संक्रमित भएका छन्। नेपालमा हालसम्म २१९ जना संक्रमित भएका छन् भने ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*