फेरि कोरोना संक्रमित देखिएपछि चीनको वुहानका सबै मानिसको परीक्षण गरिदै

बाइलाइन नेपाल
३१ बैशाख २०७७, बुधबार ०६:२९

कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ ।

वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो ।

कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहरमा गत अप्रिल ८ मा लकडाउन हटाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*