भारतमा कोरोना भाइरसले ७० हजार संक्रमित
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ ।
एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । ४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । आजैदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

बाइलाइन नेपाल











