कतारमा आज थपिए ११८९ कोरोना संक्रमित

अनिल पराजुली
२८ बैशाख २०७७, आईतवार १९:५३

कतार। कतारमा आज ११ सय ८९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जनाको जाँच गर्दा ११ सय ८९ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै कतारमा संक्रमितको संख्या २२ हजार ५ सय २० पुगेको छ ।

कतारमा आज थप एक ५४ बर्षीय नागरिकको मृत्यु भएको छ । यो संगै कतारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई
हजार ७ सय ५३ जना निको भएर घर फर्किएका छन् । आज मात्रै २ सय ५४ जना संक्रमित निको भएर फर्केका हुन् ।

१९ हजार ७ सय ५३ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १
लाख २७ हजार ७ सय ६९ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमित मध्ये ७२ जनाको अवस्था भने गम्भिर रहेको वल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*