वुहानमा पाँच सातापछि फेरि भेटिए कोरोनाका संक्रमित

एजेन्सी
२८ बैशाख २०७७, आईतवार १४:१७

अप्रिल ८ मा लकडाउन खुलेपछि यात्रामा निस्केका वुहानवासी। फाइल तस्बिर।अप्रिल ८ मा लकडाउन खुलेपछि यात्रामा निस्केका वुहानवासी। फाइल तस्बिर।

कोरोनाभाइरसको उद्गम थलो भनिएको चीनको वुहानमा पाँच सातापछि कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभरि १४ कोरोनाभाइरस संक्रमित थपिएका छन्। यो संख्या अप्रिल २८ यताको सबैभन्दा धेरै हो।

गत बिहीबारमात्र चिनियाँ अधिकारीहरूले पूरै देशमा कोरोनाको जोखिम न्यून भएको बताएका थिए।

नयाँ भेटिएकामध्ये ११ वटा संक्रमित जिलिन प्रान्तको सुलान सहरका हुन् भने २ जना विदेशबाट आएका हुन्। वुहानमा भेटिएका संक्रमितमा यसअघि कुनै कोरोनाभाइरसका कुनै लक्षण नदेखिएको बताइएको छ।

पछिल्लो समय चीनमा कोरोनाभाइरसबाट कसैको मृत्यु भने भएको छैन।

गत डिसेम्बरदेखि कोरोनाभाइरसको संक्रमण फैलिएको चीनमा अहिलेसम्म ८२ हजार ९ सय १ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*