काेराेनाले अमेरिकामा २ कराेडले गुमाए जागिर

बाइलाइन नेपाल
२७ बैशाख २०७७, शनिबार १२:२५

कोरोना महामारीका कारण अमेरिकामा २ कराेडभन्दा बढी मानिस बेरोजगार बनेका छन् । महामारीका कारण अमेरिकामा बेराजगारी दर १४.७ प्रतिशत पुगेको बीबीसीले उल्लेख गरेकाे छ ।

अमेरिकामा सन् १९३० को महामारीपछि याे नै सबैभन्दा दयनीय स्थिति भएकाे बताइएकाे छ।

दुई महिनाअघिसम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको बताउँदै अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेकाे बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*