भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षाको मिति सार्वजनिक

बाइलाइन नेपाल
२७ बैशाख २०७७, शनिबार ०६:४९

एजेन्सी । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।

‘विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ’ केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*