फ्रान्समा कोरोना भाइरसले २५ हजारबढीको मृत्यु

बाइलाइन नेपाल
२३ बैशाख २०७७, मंगलवार ०७:०८

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २०१ पुगेको छ भने संक्रमित संख्या १ लाख ६९ हजार ४६२ पुगेको छ ।

९२ हजार ८९० जनाको उपचार भइरहेकोमा ३ हजार ६९६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका ५१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*