विश्वमा कोरोनाका ३४ लाख ८० हजार विरामी, ११ लाख निको भए

बाइलाइन नेपाल
२१ बैशाख २०७७, आईतवार ०८:२३

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।

त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ छ। अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्। विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ।

वल्डोमिटरले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांकअनुसार विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ।

इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ। बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ । त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ भने त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्।

त्यस्तै रुसमा १ लाख २४ हजार ५४ जनामा संक्रमण देखिएको छ। भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्। त्यहाँ १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाका कारण विश्वभरमा ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्। नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*