के इबोलाको औषधीले ठिक हुनेछन् कोरोनाका बिरामी ?

एजेन्सी
१८ बैशाख २०७७, बिहीबार ०७:१८

एजेन्सी । अमेरिकी सरकारको संक्रामक रोगका लागि चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाभाइरसको उपचारका लागि इबोलाको औषधीको सुरुवाती ट्रायलसँग आफू आशावादी भएको बताएका छन् ।

यो औषधीको नाम रेमडेसिवियर हो र यो एक एन्टी भाइरसल औषधी हो । सुरुवातमा यसलाई इबोलाको उपचारका लागि बनाइएको थियो ।

डाक्टर फाउचीले भने, ‘आँकडाले स्पष्ट देखाउँछ कि रेमडेसिवियरको प्रयोगपछि मानिसहरु चाँडै नै निको हुन्छन् । सुरुवाती आँकडामार्फत् थाहा भएको छ कि यो औषधीको सेवनपछि १५ दिनमा ठिक हुने बिरामी ११ दिनमा निको हुने गर्छन् । यो चमत्कारिक नलाग्न पनि सक्छ तर यो प्रमाणित भइसकेको छ कि इबोलाको औषधीले कोरोना भाइरसलाई रोक्न सकिन्छ ।’

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले रेमडेसिवियरको ट्रायल गरेको छ तर अहिले यसको नतिजा प्रकाशित भएको छैन ।

डाक्टर फाउचीको यो बयान यस्तो समयमा आएको छ जब मेडिकल जर्नल लेन्सेटले चीनमा रेमडेसिवियरको एउटा ट्रायलको विस्तृत जानकारी प्रकाशित गरेको छ । उक्त जर्नलमा रेमडेसिवियरले कोरोना भाइरसको बिरामीको स्वास्थ्य सुधार्न नसकिएको जिकिर गरिएको छ । यद्यपि, चीनमा यो ट्रायल पूरा हुन सकेको भने थिएन । स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*