वुहानका अस्पतालहरु खाली

बाइलाइन नेपाल
१५ बैशाख २०७७, सोमबार १०:३७

चीनले वुहानका अस्पतालहरुमा अब कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ ।

कोरोना भाइरसको उद्भव मानिने वुहान शहरमा अब कोरोना भाइरसका एक जना पनि संक्रमित नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् ।

वुहानस्थित एक मासु पसलबाट सुरु भएर कोरोना भाइरस संसारभर फैलिएको बताइरहँदा चीनले उक्त घोषणामार्फत त्यहाँ महामारी समेत अन्त्य भएको संकेत गरेको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका थिए ।

चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । संक्रमण नियन्त्रणमा आएसँगै चीनले खोक्दा वा थुक्दा अनिवार्य मुख छोप्नु पर्ने नियम ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*