इटालीले मे ४ देखि लकडाउन हटाउने

एजेन्सी
१५ बैशाख २०७७, सोमबार ०६:५०

कोरोना भाइरसका मृतक तथा संक्रमित क्रमिक रुपमा कम हुँदै गएपछि इटालीले मे ४ देखि लकडाउन हटाउने घोषणा गरेको छ ।

आइतबार इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले फेसबूक लाइभ मार्फत मे ४ देखि सरकारले आधिकारिकरुपमा लक डाउन हटाउने घोषणा गरेका हुन् ।

सरकारले आधिकारिकरुपमा लक डाउन खोले पनि मास्क र पन्जा भने अनिवार्य गरेको छ । बाहिर निस्कदा १ मिटरको दूरी कायम गरेर हिड्न आह्वान गरिएको छ ।

पारिवारीक भेटघाटका नाममा भोज भतेर तथा पार्टी गर्न पाइने छैन । सरकारले मृतकको सत्गत गर्न पनि अनुमति दिएको छ।

यद्यपि अन्त्येष्टिमा १५ जनाभन्दा बढी समाबेश हुन पाइने छैन । संक्रमणको भयले स्कूल तथा कलेजहरु भने सेप्टेम्बरमा मात्रै खोलिने भएका छन् । बिद्यार्थीहरुको कक्षा अनलाईनमै हुने छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि इटालीले करिब २ महिनादेखि लकडाउन गर्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*