कोरोना भाइरसः १६ दिनभित्रै एक लाखको मृत्यु

एजेन्सी
१४ बैशाख २०७७, आईतवार ०६:५०

एजेन्सी । ११ जनवरीमा चीनको ऊहानमा कोरोनाभाइरसका कारण पहिलो मृत्यु भएको थियो । त्यसपछि एक लाख मृत्युको आँकडा पूरा हुन ९० दिनको समय लाग्यो ।

तर त्यसको १६ दिनपछि नै यो मृतकको संख्या २ लाख नाघ्यो । यसबाट सबैभन्दा धेरै कुन कुन देश प्रभावित रहे ?

– संसारमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

– युरोपमा फैलिएको महामारीको केन्द्र इटली बन्यो जहाँ हालसम्म २६ हजार ३ सय ८४ को मृत्यु भइसकेको छ । त्यहाँ मानिसहरुको दैनिकी सामान्य तरिकाले सुचारु गर्नका लागि ‘फेस टु’ बारे कुराकानी भइरहेको छ ।

– स्पेन, फ्रान्स र ब्रिटेन ती देशमा समावेश भएका छन् जहाँ २० हजार बढीको मृत्यु भएको छ ।

– स्पेनमा आइतबार ६ हप्तापछि १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बाहिर जाने अनुमती दिइएको छ ।

– यस्तै, फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले मंगलबारदेखि लकडाउन खुकुलो पार्ने योजना पेश गर्ने बताएका छन् ।

– बेल्जियममा प्रति व्यक्ति सबैभन्दा धेरै मृतयु भएको हो । बेल्जियममा १ लाख व्यक्तिमध्ये ६ जनाको मृत्यु भएको छ भने स्पेनमा ४.९ र अमेरिकामा १.६ व्यक्तिको मृत्यु भएको छ ।

– एशियाली देशमा ७ लाखभन्दा बढीको मृत्यु भएको छ । यस्ता, ल्याटिन अमेरिकामा मात्रै यतिको मृत्यु भएको छ । मध्य पूर्वमा ८ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ र अफ्रिकामा १३ सय ६० बढीको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*