कोरोनाले अमेरिकामा ४७ हजार ६५९ को मृत्यु, ७ लाख १७ हजार संक्रमित
कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६५९ पुगेको छ ।
यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३०० भन्दा धेरैको ज्यान गएको छ ।अमेरिकामा मात्रै आजसम्म ८ लाख ४८ हजार ७१७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ ।
जसमध्ये साढे ४७ हजारको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार अझै पनि संक्रमित छन् । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ । विश्वभर अहिलेसम्म २६ लाख ३५ हजार ७१९ मा कोरोनाको संक्रमण देखिसकेको छ ।

एजेन्सी











