कोरोनाका कारण १ लाख ८४ हजारको मृत्यु

एजेन्सी
११ बैशाख २०७७, बिहीबार ०८:२८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अनस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*