कोरोना भाइरस प्रयोगशालामा बनाइएको नोबेल पुरस्कार विजेता वैज्ञानिक मन्टेग्नियरको दावी

एजेन्सी
१० बैशाख २०७७, बुधबार ०६:५५

एजेन्सी। एचआइभी भाइरसको खोजीका लागि नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक ल्युक मन्टेग्नियरले कोरोना भाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् ।

आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा कोरोना भाइरस एचआइभीको उपचारका लागि भ्याक्सिन बनाउने प्रयास गर्दा कोरोना भाइरस बनेको दावी गरेका हुन् ।

कोभिड १९ को जीनोममा एचआइभी र मलेरियासँग सम्बन्धी किटाणुका केही तत्व पनि पाइएको उनको दावी छ ।

उनको दावीअनुसार चीनको वुहान ल्याबले सन् २००० को दशकको सुरुवातिरबाटै यस्ता भाइरसको लागि निपुणता हासिल गरिसकेको छ ।

ल्युक मन्टेग्नियरसहित अन्य ३ वैज्ञानिकहरुलाई एचआइभीको खोजीका लागि सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस वुहानको भाइरोलोजी ल्याबबाट लिक भएको दावी गर्दै आएका थिए ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु पनि यतिबेला पुनः सार्वजनिक भइरहेका छन् ।-तस्वीरः नामुर डट लाम्युज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*