आज राति मेघगर्जनसहित वर्षा, कस्तो होला भोलिको मौसम ?

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार २०:३४

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहेको छ ।

जसका कारण देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाले जनाएको छ ।

शनिबार राति देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाले अनुमान गरेको छ । र रातको छ बजेपछि राजधानीसहितका पहाडी क्षेत्रमा हावाहुरी सहित हल्का वर्षा भएको छ ।

कस्तो रहँला भोलिको मौसम

बैशाख ७ गते (आइतबार)

दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा साथै तराइका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ८ गते (सोमबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ।पुर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*