कोरोना भाइरसबिरुद्धका ७० प्रकारका खोप विकसित

एजेन्सी
३ बैशाख २०७७, बुधबार ०९:३८
फाइल तस्वीर

कोरोनाभाइरसबिरुद्ध ७० प्रकारका खोप विकसित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।यीमध्ये ३ प्रकारका खोप भने परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

परीक्षण चरणमा गएका खोपमध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणमा पुगिसकेको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण गर्ने क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ । कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्नेछ।

तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*