कोरोना भाइरस : भारतमा एकैदिन ३५ जनाको मृत्यु, थप १ हजार बढी संक्रमित

एजेन्सी
३ बैशाख २०७७, बुधबार ०९:३४

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।

भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ हजार ४८७ पुगेको छ । भारतमा संक्रमितमध्ये १ हजार ३५९ जना उपचारपछि निको भएका छन् । ९ हजार ७३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ६८६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९८ हजार ५ सय भन्दा बढी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*