बेलायत, इटाली र स्पेन यस्तो छ कोरोनाको त्रास

एजेन्सी
३ बैशाख २०७७, बुधबार ०७:५३

बेलायतमा कोरोना भाइरसले एकै दिन ७७८ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । जसमा एकै दिन ७७८ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८१ हजार ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५९६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० पुगेको छ ।

इटालीमा कोरोनाभाइरसले एकै दिन ६०२ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । बुधबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ ।

इटालीमा एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।

स्पेनमा १ लाख ७४ हजार बढी संक्रमित, १८ हजार २५५ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*