भारतमा वैशाख २१ गतेसम्म लकडाउन थपियो
भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ । ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् ।
उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

एजेन्सी











