भारतमा ३५८ को मृत्यु, संक्रमित १० हजार ४ सय बढी

एजेन्सी
२ बैशाख २०७७, मंगलवार ०७:४२
फाइल फोटो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५८ पुगेको छ ।

भारतमा एकैदिन १हजार २४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४५३ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएका छन् । ८ हजार ९१४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ६१८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख २३ हजार ८ सय भन्दा बढी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*