कोरोनाको महामारीमा पनि कश्मीरमा भारत-पाकिस्तान सेनाबीच झडप, तीनको मृत्यु

एजेन्सी
१ बैशाख २०७७, सोमबार १२:०२

कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ ।

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंभन गरेको आरोप लगाएको छ ।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*