चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्रमण, एकैदिन सय बढी संक्रमित भेटिए

एजेन्सी
१ बैशाख २०७७, सोमबार ११:५७

चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो ।

संक्रमितमध्ये ९८ जनाले विदेशबाट नै संक्रमण बोकेर ल्याएको बताइएको छ ।

यद्यपि, तीमध्ये १० जना स्थानीय रुपमै संक्रमित भएका थिए जसमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका छन् ।

कोरोनाभाइरसको केन्द्रबिन्दु भएपछि चीनमा पछिल्लो एक महिनामा चकत्कारिक रुपमा संक्रमित र मृतकको संख्या कम भएको छ । यहाँका विभिन्न स्थानमा लागू गरिएका लकडाउन पनि खोलिएको छ ।

विदेशबाट आयातित संक्रमणका कारण यहाँ दोस्रो लहरको संक्रमण हुने हो कि भनेर अधिकारी चिन्तित छन् ।

चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*