निको भए चार लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी
३० चैत्र २०७६, आईतवार ०७:४३

कोरोना भाइरस (कोभिड–१९) का चार लाखभन्दा धेरै संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । करिब ८३ हजार संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् । त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् ।

जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । यस्तोमा अझै ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।

इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*