कतारमा कोरोना संक्रमित २७ सय नाघ्यो

अनिल पराजुली
२९ चैत्र २०७६, शनिबार १८:५२

कतार । कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ सय २८ पुगेको छ । शनिवार थप २ सय १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या दिनहँु बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ सय ४७ जना
निको भएर घर फर्किएका भने जम्मा ४७ हजार ७ सय ५१ जनाको जाँच भएको छ ।

आज मात्रै २० जना संक्रमित निको भएर फर्केका हुन् । त्यस्तै हाल यहाँ २४ सय ७५ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको
जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार मात्रै २४ सय १२ जनाको कोरोना परीक्षण समेत गरिएको थियो । हाल सम्म कोरोना भाईरस संक्रमणका कारण
कतारमा ६ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेहरु प्रायः सबै बृद्ध उमेरका थिए भने उनीहरु पहिलैदेखि स्वासप्रश्वास सम्बन्धि रोगबाट पीडित रहेका थिए ।

अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । संक्रमित बिरामीहरुलाई
क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ ।

यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको
पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने
जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*