भारतमा २४ घण्टामा ८९६ कोरोना संक्रमित थपिए, ३७ जनाको मृत्यु

एजेन्सी
२८ चैत्र २०७६, शुक्रबार १९:४०

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८९६ कोरोना संक्रमित थपिएका छन् । भारतमा आज हालसम्मकै सबभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् भने २४ घण्टाको अवधिमा ३७ जनाको मृत्यु भएको छ ।

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ७६१ पुगेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ३९ सक्रिय कोरोना संक्रमित छन् भने ५१६ जनालाई उपचार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

भारतमा मृत्यु हुनेको संख्या भने २०६ पुगेको छ ।

भारतमा सबभन्दा बढी महाराष्ट्रमा सबभन्दा बढी १३६४ कोरोना संक्रमित फेला परेका छन भने राजधानी दिल्लीमा ८९८ जना र तामिलनाडुमा ८३४ कोरोना संक्रमित फेला परेका छन् ।

भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । जुन अप्रिल १४ मा सकिने छ ।

भारतका ओडिसा र पञ्‍जाबमा भने अप्रिल ३० सम्मका लागि लकडाउन बढाइएको छ । -एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*