आजको मौसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२८ चैत्र २०७६, शुक्रबार ०७:२९

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*