कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

एजेन्सी
२४ चैत्र २०७६, सोमबार ०७:१०

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।

विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*