मौसम पूर्वानुमान : मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२३ चैत्र २०७६, आईतवार ०९:५७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

पूर्वानुमान महाशाखाले आजको दिउँसोको मौसम देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*