कोरोना भाइरस: भारतमा एकै दिन ५२९ नयाँ संक्रमित

एजेन्सी
२३ चैत्र २०७६, आईतवार ०७:१०

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ८६ रहेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ । संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ । त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*