कोरोनाबाट चीनभन्दा बढी यी ६ देशमा मानवीय क्षति

एजेन्सी
२३ चैत्र २०७६, आईतवार ०७:००

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी मानवीय क्षति इटालीमा भएका छ । चीनमा भन्दा इटालीसहित ६ देशमा मानवीय क्षति बढी भएको छ ।

चीनको उहानबाट कोरोना भाइरसको संक्रमण भएपनि बेलैमा सावधानी अपनाउँदा चीनमा धेरै मानवीय क्षति हुन पाएन भने सो देशमा भाइरस करिब नियन्त्रणमा आएको छ । तर अमेरिकालगायतका केही पश्चिमा देशमा भने कोभिड १९ को संक्रमण भयावह बनेको छ ।

अहिलेसम्म चीनमा ३ हजार ३२६ जनाको मृत्यु हुँदा अमेरिका, स्पेन, इटाली, फा्रन्स, इरान र युकेमा चीनमा भन्दा धेरैको ज्यान गएको छ ।

चीनमा शनिबार जम्मा ४ जनाको मृत्यु हुँदा अमेरिकामा ७७० जनाको मृत्यु भएको छ। यससँगै अमेरिकामा कूल मृतकको संख्या ८ हजार १५४ जना पुगेको छ ।

यस्तै स्पेनमा ११ हजार ७४४, इटालीमा १५ हजार ३६२, फा्रन्समा ७ हजार ५६०, इरानमा ३ हजार ४५२ र युकेमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ । फ्रान्समा बितेको २४ घण्टामा सर्वाधिक १ हजार ५३ जनाको मृत्यु भएको छ भने युकेमा पनि ७०८ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा ६८१, स्पेनमा ५४६ र इरानमा १५८ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ११ लाख ७२ हजार बढी संक्रमित भएका छन् भने ६३ हजार बढीको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*