चीनमा काेराेना संक्रमित ७६ हजार निको भए, अब २ हजार जनामा मात्रै स‌ंक्रमण

बाइलाइन नेपाल
२० चैत्र २०७६, बिहीबार १०:५७

कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता नयाँ संक्रमणका घटना देखिएका छैनन् । संक्रमितहरुकाे निको हुने दर पनि उच्च रहेको छ ।

यूरोप तथा अमेरिकामा भयावह स्थिति आइरहँदा चीनमा भने अधिकांश संक्रमित निको भइसकेका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ५५४ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाेमा ७६ हजार २३८ जना भने पूर्ण रूपमा निकाे भइसकेको जनाइएको छ ।

चीनमा हालसम्म काेराेनाका कारण ३ हजार ३१२ जनाले ज्यान गुमाएका छन् । अधिकांश संक्रमित निकाे भइसकेका छन् । अब २ हजार ४ जनामा मात्रै काेराेनाको संक्रमण रहेको जनाइएको छ । ती मध्ये गम्भीर केस भने ४६६ जनामा रहेकाे छ ।

गत डिसेम्बरको अन्तिम सातातिर चीनकाे वुहान शहरमा पहिलाेपटक देखापरेको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिसकेकाे छ ।

चीनमा भने यसकाे महामारी नियन्त्रणमा रहेकाे बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*