अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु

एजेन्सी
२० चैत्र २०७६, बिहीबार ०७:०३

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*