१४ सय भारतीय कोरोना संक्रमित, ३५ जनाको मृत्यु

बाइलाइन नेपाल
१९ चैत्र २०७६, बुधबार ०७:३७

कोरोनाको फैलावट भारतमा पनि बढ्दो क्रममा देखिएको छ । बुधबार बिहानसम्ममा भारतमा करिब १४ सय (१३ सय ९७) जना संक्रमित पुगेका छन् । मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

पछिल्लो एक दिनमा मात्रै १ सय ४६ जना नयाँ संक्रमित र ३ जनाको मृत्यु भएको छ ।

विश्‍वभर हालसम्म ८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*