जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, सबै नेपाली सुरक्षित

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार ०७:३३

जापानमा कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको हो ।

यस्तै १ सय ९४ जनामा संक्रमण देखिएपछि जापानमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३७ पुगेको छ ।

जापानको चिबाकेनमा मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । जापनमा एकै दिन यति धेरै संक्रमित पहिलो पटक भेटिएको हो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जापानमा कार्यरत  नेपाली त्रसित बनेका छन् । यद्यपि अहिलेसम्म त्यहाँ रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*