इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार ०६:४७

एजेन्सी । कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् ।

इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ ।

त्यसो त इटाली नै त्यो देश पनि हो, जहाँ कोरोनाभाइरसको संक्रमणको शिकार बनेका १०० वर्ष नाघेकी एक महिला पनि सफलतापूर्वक निको भएर घर फर्किसकेका छन् ।

उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२,२४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।

उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १,१६,०५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको देश भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।

तर चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३,१२८ जना उपचाररत रहेका छन् । उपचाररतहरुमध्ये ८८६ जनाको अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*