कोरोना भाइरस : दक्षिण कोरियामा निको हुनेको संख्या बढी

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १४:३९

एजेन्सी । दक्षिण कोरियामा पहिलो पटक कोरोनाभाइरसको संक्रमणको उपचार गरिरहेका भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।

शनिबारसम्म ४८ सय कोरोनाभाइरस संक्रमित सफल उपचारपछि घर फर्किएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । हाल ४५ सयजना उपचाररछ छन् ।

जनवरी २० यता उपचाररतभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो पटक हो ।

‘हामीले अझै धेरै गर्न बाँकी रहेको छ । ५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धी हो । यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*