कोरोनाको महामारीपछि विश्वविद्यालयसँग शुल्क फिर्ता माग्दै अस्ट्रेलियाका विद्यार्थी

बाइलाइन नेपाल
१४ चैत्र २०७६, शुक्रबार १६:४५

अस्ट्रेलियाका विद्यार्थीहरुले कोरोना भाइरसको महामारीसँगै कलेजलाई बुझाएको शुल्कको ७० प्रतिशत फिर्ता गरिदिन माग गरेका छन् ।अनलाइनमार्फत चलाइएको अभियानमा घरेलु तथा अन्तर्राष्ट्रिय विद्यार्थीले पहिलो सेमेस्टरका लागि बुझाइसकेको शुल्क फिर्ता गरिदिन आग्रह गरिएको छ ।

अस्ट्रेलियका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुलाई सामूहिक पेश गर्नेगरी तयार गरिएको अनलाइन ज्ञापनपत्रमा अहिलेसम्म २ हजार ८ सय ७९ जनाले हस्ताक्षर गरिसकेका छन् । ३ हजार हस्ताक्षर पुगेपछि ज्ञापनपत्र बुझाउने तयारी अभियन्ताहरुको छ ।

पार्किङलगायत कलेजले उपलब्ध गराउने सुविधा विश्वविद्यालय बन्द भएसँगै बन्द भएकाले विभिन्न शीर्षकमा बुझाइएको रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ । अनलाई र रिमोट टिचिङ कक्षाकोठामा गएर पढे बराबर नहुने पनि उनीहरुले उल्लेख गरको छन् ।

विश्वव्यापी महामारीमा विश्वविद्यालयले आफूसँग रहेको ठूलो रकमबाट विद्यार्थीलाई सहयोग गर्नुपर्ने भन्दै उनीहरुले तत्काल रकम फिर्ता गर्न माग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*