कोरोना संक्रमितको संख्या अमेरिकामा संसारकै धेरै हुनुमा ट्रम्पले बताए यस्तो कारण

बाइलाइन नेपाल
१४ चैत्र २०७६, शुक्रबार ०७:४८

एजेन्सी  । अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको कारणबारे जानकारी दिएका छन् ।

उनले यसलाई परीक्षणको नतिजा बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं, यो त्यसैको परिणाम हो ।’

यसका साथै, ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘चीनमा कोरोना संक्रमितको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी संक्रमित छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*