दुई महिनाको लक डाउनपछि वुहानमा चल्न थाले बस

बाइलाइन नेपाल
१३ चैत्र २०७६, बिहीबार १३:११

एजेन्सी  । कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहानमा दुई महिना लामो लक डाउनपछि बुधबारदेखि सार्वजनिक बस चल्न थालेका छन्।

समाचार संस्था सिन्ह्वाका अनुसार ११७ रूटमा बस सञ्चालनमा आएका हुन्।बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ।

ती निरीक्षकले यात्रुको मोबाइल फोनबाट क्युआर कोड चेक गरी स्वास्थ्य अवस्था हेर्छन्। क्युआर कोड नभएकाहरूले यात्रा गर्न स्वास्थ्य प्रमाणपत्र देखाउनु पर्छ। त्यस्तै चालक तथा निरीक्षकले दैनिक आफ्नो तापक्रम नाप्नु पर्ने, मास्क तथा पञ्जा लगाउन अनिवार्य गरिएको छ।

यात्रुहरूले पनि मास्क अनिवार्य लगाउन पुर्ने र एक-अर्कासँग टाढै बस्न पर्ने नियम लागू गरेको हो। वुहानको एक समुद्री परिकार र बन्यजन्तुको बजारबाट गत डिसेम्बरमा कोरोना भाइरस फैलिएको थियो।

रहस्यमयी भाइरसबाट मानिसहरू धमाधम मर्न थालेपछि चीन सरकारले जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा लक डाउन गरिदिएको छ।वुहानबाट फैलिएको कोभिड-१९ अहिले विश्वमहामारी बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*