स्पेनमा एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७३८ जनाको मृत्यु

बाइलाइन नेपाल
१२ चैत्र २०७६, बुधबार १८:४१

एजेन्सी ।  कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ जना थियो ।

कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ६ हजार ८ सय जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा करिब ८ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४७ हजार ६ सय १० पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका ३९ हजार ६७३ जना संक्रमित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*