कोरोनाले मानवताको क्रुर रुप बाहिर ल्याउने चिन्ता

बाइलाइन नेपाल
१२ चैत्र २०७६, बुधबार ११:३५

एजेन्सी । अष्ट्रेलियाको सुपरमार्केटमा एक महिलाले ट्वाइलेट पेपरको निहुँमा एक व्यक्तिमाथि चक्कु प्रहार गरिन् भने सिंगापूरमा एक चिनियाँ मूलका विद्यार्थीलाई लन्डनको सडकमा अत्यन्तै क्रुरतापूर्वक कुटपिट गरिएपछि उनको अनुहारका हड्डी भाँचिएको छ ।

यता हिन्द सागर पुगेका क्रुज जहाजका यात्रुहरुलाई स्थानीयले ढुङ्गा हानेर स्वागत गरेको खबर पनि अधिक चर्चामा आएको थियो ।

यसरी कोरोना प्रकोप गम्भीर बन्दै गएसँगै यस प्रकारका घटना दिन प्रति दिन बढ्दै गइरहेको छ जसकारण पनि विश्वमहामारी फैलाएको यो भाइरसले मानवताको सबैभन्दा क्रुर रुप बाहिर ल्याइरहेकाप्रति चिन्ता व्यक्त गरिएको हो ।

यसमा अष्ट्रेलियामा टोइलेट पेपरको पर्याप्त सप्लाइ हुन सक्छ , सिंगापूरका ती विद्यार्थीको भाइरससँग कुनै सम्बन्ध थिएन भने उक्त क्रुज जहाजका कोही पनि भाइरस संक्रमित थिएनन् तरपनि मान्छेहरुमा जागेको कोरोनाप्रतिको डर र अनिश्चित भविष्यले स्वार्थपनलाई चरम रुप दिइरहेको छ ।

अहिले सबैलाई केबल ‘आफ्नो’ र ‘आफ्नो परिवार’ को मात्र चिन्ता छ जसले यो संकटको घडी सकिएपछि विश्वलाई एकिकृत गर्न सक्ने प्रति शंका उत्पन्न गराएको हो ।

यसबीच विश्वनेताहारुले अवस्था नियन्त्रणमा ल्याउन बचावपूर्ण तरिका अपनाइरहेका छन् भने यस विरुद्ध लड्न धेरै भन्दा धेरै लगानी गर्दै देशको स्वास्थ्य प्रणालीले अतिरिक्त बेड, चिकित्सक र नर्सलगायत सबै स्वास्थ्य सामग्री उपलब्ध गराउने वचन दिइरहेका छन् ।

तर पनि विभिन्न मुलुकहरुबीच यो विश्वव्यापी चुनौती पार गर्ने कुरामा एकदमै कम सहकारिता देखिएको छ ।

जस्तै अहिले विश्वभरि फेस मास्कको अभाव छ, जसमा सक्नेहरुले अनावश्यक स्टक गरिरहेका छन् भने जसलाई धेरै चाहिन्छ उनीहरले पाउन सकिरहेका छैनन् ।

अमेरिकामा सबैले घरघरमा मास्क थुपारिरहेका छन् भने दक्षिण कोरिया, जर्मनी र रुसले मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेका छन् ।

यता विश्वको २० प्रतिशत औषधि उत्पादन गर्ने भारतले पनि केही निश्चित औषधिहरु निर्यात गर्न बन्द गर्ने घोषणा गरेको हो ।

चीनबाट कच्चा पदार्थ नआउँदा उत्पादनमा केही कमी अवश्य आएको होला, तर धेरै हदसम्म भारत आफ्नै नागरिकहरुका लागि संरक्षण गरि राख्न चाहान्छ भन्ने स्पष्ट छ ।

यो नयाँ भाइरसले हालसम्म २० हजार बढीको ज्यान लिइसकेको छ र एन्टारटिका बाहेक पृथ्वीका सबै महादेशमा पुगिसकेको छ ।

यस्तोमा विश्वभरका सबै मानिसहरु एकजुट भएर यो प्रकोपको सामना गर्नुपर्नेमा एक्लै व्यक्तिगत उद्देश्यका निम्ति तयारी गरिरहेका छन् ।

अधिकांश मान्छेहरु अहिले सत्य र तथ्य भन्दा पनि आफ्नो भावना अनि सोचाइमा बढी भरोसा गरिरहेकाले पनि यस किसिमको व्यवहार अपनाउने ‘युनिभर्सिटी अफ ओरेगन साइकोलोजिस्ट’ का पल स्लोभिक बताउँछन् ।

उनले व्याख्या गरे अनुसार, यसमा मान्छेले दुई किसिमले सोचिरहेको हुन्छ ः एउटा अप्रत्याशित भावनामा आधारित सोच र अर्को चाहिँ वैज्ञानिक कारण अनि नैतिकतामा आधारित सोच ।

र, संकटका समयमा प्रायः सबैको मस्तिष्कमा पहिलो सोच व्याप्त हुन्छ । प्राचीन समयमा मान्छेका यिनै भावनात्मक विचार र खतराप्रति चाँडो प्रतिक्रिया जनाउने व्यवहार अधिक उपयोगी थियो र अहिलेसम्म पनि हाम्रो दैनिक जीवनमा भावनाले नै हामीलाई उचित निर्णय लिन र सहि दिशामा हिँड्न मद्दत गरिरहेको छ । तर हालको अवस्थामा भने यो प्रवृत्तिले मानवता विपरीत काम गरिरहेको देख्न सकिन्छ जसबारे विश्वविद्हरुले गम्भीर चिन्ता व्यक्त गरेका हुन् । सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*