युएई छाड्न नपाएका विदेशीले वैध रुपमै बस्न पाउने

बाइलाइन नेपाल
११ चैत्र २०७६, मंगलवार १७:३५

दुबई – अहिले युएईमा रहेका र विमानस्थल तथा विभिन्न देशसँगको सीमा बन्द हुँदा अलपत्र परेका विदेशी नागरिकले वैध रुपमै निरन्तर बस्न पाउने भएका छन् । ‘परिचयपत्र तथा नागरिकताका लागि संघीय प्राधिरकण’ ले यस्तो जानकारी दिएको हो ।

यस विषयमा विस्तृत जानकारी केही समयपछि दिइने जनाइएको छ । कोभिड १९ सँग जुध्नका लागि युएईले विभिन्न देशसँग अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यहाँ कार्यरत नेपाली समेत यस निर्णयपछि अन्योलमा परेका थिए । भिसा पनि सकिइसकेको र घर फर्कनका लागि उडान समेत अवरुद्ध भएको अवस्थामा उनीहरु अलमलमा थिए । अब उनीहरुले पनि तत्काल वैध रुपमै युएई बस्न पाउनेछन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*