बेलायतमा विवाह गर्न प्रतिबन्ध

बाइलाइन नेपाल
११ चैत्र २०७६, मंगलवार १४:५५

कोरोना भाइरसविरुद्ध लड्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्पूर्ण विवाहका कार्यक्रममा प्रतिबन्ध लगाएपछि ‘इन्गेजमेन्ट’ गरेर बसेका जोडीहरुले दुखी भएको बताएका छन्। बेलायतमा मंगलबारदेखि लकडाउन सुरु भएको छ।

इन्गेजमेन्टपछि विवाहको सम्पुर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका जोडीहरुले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री जोनसनप्रति गुनासो व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारीबीच हरेक दिन देशबासीका नाममा सम्बोधन गरिरहेका जोनसनले अचानक ‘लकडाउन’को घोषणा गरेका थिए।

उनले पारिवारिक भेटघाट, विवाह, क्रिस्चियन बन्ने सांस्कृतिक कार्यक्रमलगायतमा पुर्ण प्रतिबन्ध लगाएका छन्। दाहसंस्कारमा कुनै रोकटोक नलगाएपनि सिमितको उपस्थितीका लागि मात्र आग्रह गरेका छन्। दुई जनाभन्दा बढी भेटघाटमा प्रतिबन्ध लगाइएको छ। ट्वीटरमा रोजी वेल्स वेल्स नाम गरेकी युवतीले लेखेकी छिन् , ‘यो टार्न नसकिने र बुझ्न सकिने विषय हो। तर पनि मेरो विवाह स्थगित हुँदा अत्यन्तै निराश छु।’

यस्तै लाउरेन बी नाम गरेकी युवतीले विवाह स्थगित भएको र अब कहिले हुन्छ भन्ने पनि निश्चित नहुँदा निराश भएको बताएकी छिन्। बेलायतमा हालसम्म कोरोनाका कारण तीन सय ३५ जनाको ज्यान गएको छ। ६ हजार ६ सय ५० जनामा संक्रमण देखिएकामा एक सय ३५ जना निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*