कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु, १९ हजार भन्दा बढी संक्रमित

बाइलाइन नेपाल
८ चैत्र २०७६, शनिबार ११:३९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो ।

१९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ । थप २ सय ६७ जनामा संक्रमण देखिएकाले संक्रमित हुनेको संख्या १९ हजार ६ सय ५० पुगेको हो ।

उपचारारतमध्ये ६४ जनाको अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १ सय ४७ जना ठीक भएर घर फर्किएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानहरु कटौती गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*